राजा वीरेन्द्रका ज्वाइँ गोरख राणा बने स्टान्डर्ड चार्टर्ड बैंकको पहिलो नेपाली सीईओ
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पहिलो पटक नेपाली नागरिक नियुक्त भएका छन् । मंसिर २४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गोरख शम्शेर जबरालाई सीईओ नियुक्त गरेको हो । सन् १९६९ मा बेलायतमा स्थापना भएको यो बैंकको सीईओमा अहिलेसम्म कुनै नेपाली नागरिकले अवसर पाएका थिएनन् ।
गोरख शम्शेर जंबराको कार्यकाल जनावरी १, २०२५ (पुस १७ गते) देखि सुरु हुनेछ । उनी ४ वर्षका लागि सो पदमा नियुक्त भएका हुन् । अनिर्वन घोष दस्तिदारको कार्यकाल सकिएसँगै राणा सीईओ बनेका हुन् ।
३० वर्षको बैंकिङ अनुभव संगालेका राणासँग स्टान्डर्डमा हुँदा कर्पोरेट एन्ड इन्भेस्टमेन्ट, रिटेल बैंकिङ बिजनेस विभागमा रहेर काम गरेको अनुभव छ । उनले इलिनोइस विश्वविद्यालयबाट एमबीए अध्ययन गरेका छन् । गोरख, स्वर्गीय अधिराजकुमारी श्रुती शाहका श्रीमान पनि हुन् ।