सभापतिमा म उठ्दैछु, गगनजीको कुरा उहाँलाई सोध्नुस् : डा. कोइराला


१६:३५ बजे

चितवन । सत्ता साझेदार नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोशी प्रदेश भेला आफूले कार्यक्रम बहिष्कार नगरेको स्पष्ट पारेका छन् ।  चितवनको भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेता कोइरालाले कांग्रेस नेता दिनेश कोइराला र उद्धव लोहनीको बुवाको निधनमा समवेदनाको लागि आफू चितवन आउने तयारी भएकाले विराटनगर नगएको प्रष्ट पारेका छन् ।

यता मंसिर १८ मा विराटनगरमै भएको कोशीका पालिका सभापतिको भेलालाई अवैधानिक भन्दै केन्द्रीय कार्यालयले विज्ञप्ति जारी गरेको भन्दै उनले आपत्ति जनाए । केन्द्रले कार्यक्रम रोक्न धेरै पटक प्रयास गरेको भन्दै उनले यो पार्टीभित्रको कुरा भएकोले धेरै प्राथमिकता दिने विषय नभएको धारणा राखे । १३७ पालिकामध्ये ११३ पालिकाका सभापति सहभागी भएको कार्यक्रमलाई केन्द्रले वक्तव्य जारी गरेर अवैधानिक भनेपछि उनले असन्तुष्टि जनाए ।

‘बहिष्कार भनेको होइन प्रदेशका पालिका सभापतिले मिलेर गर्ने भनेर मैले समय निकाले । पछि केन्द्रीय कार्यालयको आधिकारिक होइन वैधानिक होइन भनेर विज्ञप्ति निकाल्यो।  नेपाली काँग्रेसमा आधिकारिक भन्ने कुरा के हो, आधिकारिक भनेको के हो ? मलाई वक्तव्यसँग चित्त दुखेको हो’ उनले थपे, ‘चिन्ता गर्नु पर्दैन । यो पार्टीभित्रको कुरालाई निहुँ बनाएको भए बेग्लै कुरा हो । तर यस्तो वक्तव्यहरू पार्टीमा आउनु  हुँदैन थियो ।’

१५ औं महाधिवेशनमा सभापतिको उम्मेदवारमा तयारी गरेका नेता कोइरालासँगै उनके समूहबाट महामन्त्री भएका गगनकुमार थापाको पनि तयारीबारे पत्रकारको प्रश्नमा आफूहरूको खटपट नभएको बताएका छन् । ‘महाधिवेशन प्रतिनिधि, केन्द्रीय सदस्य उठ्ने अधिकार छ । म उठ्दैछु क्लियर छ । गगनजी उठ्नु हुन्छ हुन्न उहाँकोलाई सोध्नुस्,’ उनले भने , ‘हाम्रो खटपट छैन ।’

कोइरालाले सरकार परिवर्तनको कुनै सम्भावना नभएको बताए । संविधान संशोधनतर्फ केही भएकोमा असन्तुष्टि राख्दै उनले संसदका सबैलाई सहभागी गराएर साझा संविधान बनाउनुपर्नेमा जोड दिए । एमाले र काँग्रेसले सरकारमा सहकार्य बाहिर प्रतिस्पर्धामा रहेको बताए ।  
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७