कार र बस ठोक्किँदा दुई जनाको मृत्यु


१५:४९ बजे

 
कपिलवस्तु ।  भैरहवा–तौलिहवा सडक खण्डअन्तर्गत शुद्धोधन गाउँपालिका–३, गुलरीमा बस र कार एकापसमा ठोक्किँदा कारमा सवार दुई जनाको मृत्यु भएको छ ।

भैरहवादेखि तौलिहवा आउँदै गरेको लु २ ख २३१ नम्बरको बसले तौलिहवाबाट भैरहवा जाँदै गरेको बा १४ च ७४४८ नम्बरको कारलाई शनिबार बिहान ठक्कर दिँदा कार चालक कपिलवस्तुको वाणगंगा नगरपालिका–४, हरिहरपुर बस्ने ४५ वर्षीय इन्द्रबहादुर सार्की र प्यूठानको पकला–७ बस्ने ४३ वर्षीय निमबहादुर सारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र कार्कीले बताए ।

कारसँगै लु ३८ प ९१९९ नम्बरको मोटरसाइकल पनि बससँग ठोक्किएको थियो । दुर्घटनामा १४ जना घाइते भएका छन्। उनीहरूको अहिले विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७