कर्णाली याक्सबाटएनपीएल खेल्न नेपाल आइपुगे ओमानका पूर्व कप्तान मक्सूद


२०८१ मङ्सिर १३ बिहीबार १८:४० बजे

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको टोली कर्णाली याक्समा अनुबन्ध भएका ओमानका पूर्व कप्तान जीशान मक्सूद नेपाल आइपुगेका छन् । मक्सूदलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टोलीका प्रतिनिधिले स्वागत गरेका छन् ।

३७ वर्षीय ब्याटर मक्सूदले ७३ टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार तीन सय ६९ रन बनाउनुका साथै ५१ विकेट लिएका छन् । यस्तै कर्णालीले अरू विदेशी खेलाडीमा विश्व क्रिकेटकै चर्चित खेलाडी भारतका शिखर धवन, वेस्ट इन्डिजका चाडविक वाल्टन र हङकङका बाबर हायातलाई अनुबन्ध गरेको छ ।

कर्णाली याक्सको प्रशिक्षकमा राष्ट्रिय टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र मार्की खेलाडीमा राष्ट्रिय टोलीका बलिङ अलराउन्डर सोमपाल कामी रहेका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा आठ वटा टोलीको सहभागितामा पर्सि शनिवार मंसिर १५ देखि पुस ६ गतेसम्म पहिलो संस्करणको एनपीएल हुँदैछ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७