अन्तशुल्क स्टिकर प्रकरण : विकल र सफललाई आठ वर्ष कैद


२०८१ मङ्सिर १३ बिहीबार २०:२८ बजे

काठमाडौं । विशेष अदालतले अन्तःशुल्क छपाइ प्रकरणमा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र निर्देशक सफल श्रेष्ठलाई ८–८ वर्ष कैद फैसला गरेको छ । 

पौडेलसहित राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठलाई ८ वर्ष कैद र तीन करोड ४२ लाख २२ हजार ८ सय रुपैयाँ जरिवाना तथा सोही रकम बराबरको विगो रकम भराउन बिहीबार फैसला भएको हो । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू तुलसीप्रसाद थारू तथा रितेन्द्र थापाले उक्त सजाय निर्धारण गरेका हुन् ।

उनीहरू दुवैलाई कात्तिक १४ गते दोषी ठहर गरेको थियो । बिहीबार सजाय निर्धारणका लागि पेसी तोकिएको थियो ।उनीहरूमाथि अन्तशुल्क स्टिकर खरिदमा अनियमितता गरेको अभियोग थियो । अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले गत असार ९ गते पौडेलसहित १२ जनाविरूद्ध मुद्दा दायर गरेको थियो। यो प्रकरणमा तत्कालीन मुख्यसचिव बैकुण्ठ अर्यालविरूद्ध पनि अख्तियारले मुद्दा दायर गरेको थियो । तर विशेष अदालतले अर्याललाई सफाइ दिइसकेको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७