एकै दिन तोलामा १६ हजारले घट्यो सुनको भाउ, सुनमा लगानी गरेकाहरु तनावमा


२०८१ मङ्सिर १० सोमबार २२:२४ बजे

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको भाउ ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १५ हजार ९ सय रूपैयाँले घटेको हो । सरकारले सुन तथा चाँदीमा लाग्ने कर घटाएपछि सुन र चाँदीको मूल्यमा भारी गिरावट आएको हो ।

आइतबार प्रतितोला एक लाख ६७ हजार २०० रूपैयाँमा कारोबार भएको सुन आज तोलाको १ लाख ५१ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा १ सय १५ रूपैयाँले घटेर प्रतितोला १ हजार ८ सय ४५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सरकारले सुनको भन्सार दर २० प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारेपछि एकै पटक सुनको भाउ ह्वातै ओरालो लागेको हो । चालु आर्थिक वर्षमा सुनको आयात घटेपछि चोरी पैठारीबाट सुन आउन थालेको अनुमान गरेर सरकारले भन्सारदर घटाएको हो । गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो । त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो ।

त्यसयताका दुई सातामा सुनको मूल्य ११ हजार रुपैयाँ घटेर एक लाख ६० हजारँमा झरेको थियो । आज एकैदिन सुनको मूल्यमा व्यापक गिरावट आएपछि सुनमा लगानी गरेकाहरु निराश भएका छन् । सरकारले सुनको भन्सारदर २० प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारेपछि एकै पटक सुनको भाउमा व्यापक गिरावट आएको हो । 

चालु आर्थिक वर्षमा सुनको आयात घटेपछि चोरी पैठारीबाट सुन आउन थालेको अनुमान गरेर सरकारले भन्सारदर घटाएको हो । गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो । त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो । त्यसयताका दुई सातामा सुनको मूल्य ११ हजार रुपैयाँ घटेर एक लाख ६० हजारँमा झरेको थियो । आज एकै दिन सुनको भाउ ह्वातै घटेपछि सुनमा लगानी गरेकाहरु त्नावमा परेका छन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७