काठमाडौंलाई केन्द्रविन्दू बनाएर भूकम्प


२०८१ मङ्सिर ७ शुक्रबार १६:१३ बजे

काठमाडौं ।  काठमाडौंमा भूकम्प गएको छ । बिहीबार राति पौने ११ बजे कीर्तिपुर आसपास केन्द्रविन्दु भएर  भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ । भूकम्पको २.६ म्याग्निच्युड भएको केन्द्रले जानकारी दिएको छ ।

काठमाडौंमा नै केन्द्र विन्दु भएकाले काठमाडौंका आसपासका जिल्लामा समेत भूकम्पको धक्का महसुस गरिएको थियो । काठमाडौँका विभिन्न स्थानका बासिन्दाले भूकम्पको धक्का महसुस गरेको सामाजिक सञ्जालमा लेखेका छन् ।सानो म्याग्निच्युडको भए पनि केन्द्रविन्दु नजिक भएकाले यो भूकम्पको धक्का काठमाडौँसहित आसपासका जिल्लामा समेत महसुस भएको छ ।

बिहीबार बिहान १० बजेर १३ मिनेटमा जाँदा कास्की र मनाङको सीमामा पर्ने अन्नपूर्ण क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार उक्त भूकम्प ४.२ म्याग्निच्युडको थियो । काठमाडौँमा धेरै समयपछि गए राति भूकम्पको धक्का महसुस भएको हो ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७