सर्वोच्चले भन्यो–दुर्गा प्रसाईलाई उपचारको प्रवन्ध मिलाउनू
काठमाडौं । सर्वोच्च अदालतले साइबर अपराधको आरोपमा प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई उपचारको व्यवस्था गर्न आदेश गरेको छ । विद्युतीय कारोबारमा प्रहरी हिरासतमा रहेका प्रसाई क्यान्सर रोगी रहेको बताउँदै सर्वोच्चले आवश्यक उपचारको प्रवन्ध गर्न आदेश गरेको हो ।
न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले बुधबार उक्त आदेश गरे पनि सर्वोच्चले विहीबारमात्र सार्वजनिक गरेको हो । सोही इजलासले बन्दी प्रत्यक्षीकरणको निवेदन खारेज गरिदिएको थियो। निवेदन खारेज भएसँगै प्रसाई थुनामै रहने भएका हुन् । प्रहरीले उनी भारतीय ग्याङस्टार विश्नोईको नाममा विभिन्न व्यापारीसँग रकम असुलेको घटनामा संलग्न रहेर/नरहेकोबारे पनि अनुसन्धान गरिरहेको छ ।