रवि लामिछानेलाई काठमाडौं ल्याइयो, विमानस्थलमा कडा सुरक्षा 


२०८१ मङ्सिर १३ बिहीबार २०:३९ बजे

काठमाडौं । सहकारीको रकम अपचलन प्रकरणमा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज (बिहीबार) साँझ काठमाडौँ ल्याइएको छ । रविलाई ल्याउँदै गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्था कडा पारिएको छ । 

कास्की प्रहरीको हिरासतमा रहेका उनलाई साँझ साढे ५ बजेको जहाजबाट काठमाडौँ ल्याइएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनलाई काठमाडौँको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनबारे अनुसन्धानका लागि यहाँ ल्याइएको हो । सोही विषयमा परेको जाहेरीका आधारमा उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियाे।

उनीमाथि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा सो प्रकरणबारे भोलिदेखि बयान लिइने जनाइएको छ । उनीमाथि पोखरामा सूर्यदर्शन सहकारीको रकम अपचलन, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भइरहेको छ । यसअघि लामिछानेसँग रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा समेत बयान लिइसकिएको छ । उता चितवनको साहारा सहकारीको रकम अपचलनमा पनि  अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भइसकेको छ । काठमाडौँपछि उनलाई चितवनमा लगेर बयान लिइने छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७