अब ‘म्याजिक नम्बर’ को युग अन्त्य हुनुपर्छ : शंकर पोखरेल


२०८१ मङ्सिर १३ बिहीबार २०:४१ बजे
फाइल फोटो

काठमाडौँ । सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक अस्थिरताका कारण देश बन्न नसकेको बताएका छन् । आज (बिहीबार) कीर्तिपुरमा आयोजित एमाले चुनावी सभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले चीन र भारतको उदाहरण दिँदै नेपालमा राजनीतिक अस्थिरता बढेकै कारण मुलुक समृद्ध बन्न नसकेको दावी गरे । 

‘अब नेपालमा धेरै राजनीतिक दल होइन, ३२ सिटले म्याजिक नम्बर भन्दै शासन चलाउने युगको अन्त्य गर्नुपर्छ’, महासचिव पोखरेलले भने । उनले बलिया शक्तिले देशको नेतृत्व गर्नुपर्छ भन्ने मान्यताका आधारमा राजनीतिलाई डोर्‍याउन अग्रसर हुनुपर्ने बताए । यसका लागि युवाहरू राजनीतिमा आउनुपर्ने उनले बताए । 

पोखरेले एमाले सरकारमा रहँदा युवाहरूको विदेश पलायन घट्ने गरेको भन्दै अरू पार्टीले सरकारको नेतृत्व गर्दा युवा पलायन बढ्ने गरेको दाबी गरे । उनले एमाले नेतृत्वको सरकारले छोटो समयमा मुलुकको अर्थतन्त्र सुधारेको भन्दै देशको स्वाधीनता र स्वाभिमानको झन्डा उठाउने एमाले अब विकासको यात्रामा अघि बढ्न चाहेको बताए । जनताका अधिकारलाई सबल बनाउन सरकारको नेतृत्व गरेको भन्दै पोखरेलले निरासा अन्त्य गरेर आशा जगाउने काम एमालेले मात्र गर्ने दावी गरे । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७