रास्वपाको केन्द्रीय समिति बैठक आज पनि बस्दै


२०८१ मङ्सिर ५ बुधबार ११:२७ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज (बुधबार) पनि बस्दै छ । सभापति रावि लामिछाने सहकारीको बचत रकम अपचलन आरोपमा पक्राउ परेपछि त्यसको विरोधमा आन्दोलन गरिरहेको रास्वपाले दोस्रो चरणको आन्दोलनको स्वरुपलगायतको विषयमा छलफल गर्न केन्द्रीय समिति बैठक बोलाएको हो ।

यसअघि मंगलबार साँझ बसेको बैठकले ठोस निर्णय गर्न नसकेपछि पुनः बैठक बस्न लागेको हो । बैठक दिउँसो ३ बजे पार्टी कार्यालय चमती वनस्थलीमा बस्ने सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिइन् । आजको बैठकले पार्टीको दोस्रो चरणको कार्यक्रमबारे ठोस निर्णय लिने उनले जानकारी दिएकी छन् ।

अर्को चरणको विरोध प्रदर्शन गर्ने बताएको रास्वपाले त्यसको स्वरुपम तय गर्न बैठक बोलाएको हो । बैठक आज दिउँसो तीन बजे बस्ने कार्यबहाक महामन्त्री कविन्द्र बुर्लाकोटीले बताएका छन् । ‘आन्दोलन गर्नेमा सबै एकमत छौं । कुन मोडालिटीको गर्ने आज तय हुन्छ,’ उनले भने ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७