रेमिट्यान्समा सबैभन्दा धेरै कर तिर्ने सिटी एक्सप्रेस सम्मानित


२०८१ मङ्सिर १ शनिबार २१:२० बजे

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रालि रेमिट्यान्समा सबैभन्दा धेरै कर तिर्ने कम्पनी बनेको छ । आर्थिक वर्ष २०७९/८० को आय विवरण अनुसार रेमिट्यान्स तथा मनी ट्रान्सफरको कारोबार गर्नेमध्ये सिटी एक्सप्रेस धेरै कर तिर्ने कम्पनी बनेको हो ।

कम्पनीलाई आज (शनिबार) राष्ट्रिय कर दिवस–२०८१ को अवसरमा आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी कर तिर्ने कम्पनीका रुपमा सम्मान गरेको छ । कम्पनीलाई रेमिट्यान्स तथा मनी ट्रान्सफरको कारोबार गर्नेमध्येबाट सबैभन्दा धेरै आयकर दाखिला गरी राष्ट्रिय विकासमा योगदान पुर्‍याएको भन्दै सम्मान गरिएको हो । सिटी एक्सप्रेसलाई उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सम्मान गरेका हुन् । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७