अमेरिकी राष्ट्रपतिमा ट्रम्पको हत्याका लागि इरानमा योजना बनाएको भन्दै मुद्दा दर्ता


०१:१५ बजे

काठमाडौं । अमेरिकी सरकारले राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पको हत्या योजना बनाएको आरोपमा एक जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । ट्रम्पले राष्ट्रपति पद सम्हाल्नु अघि नै अमेरिकी सरकारले उनको हत्या आरोपमा एक जनाविरुद्ध मुद्दा दर्ता गरेको बीबीसीले जनाएको छ ।

ट्रम्पको हत्याको योजना इरानमा बनाएको र योजना बनाउने व्यक्ति इरानमा रहेका अफगानी नागरिक ५१ वर्षका फरहाद साकेरी रहेको अमेरिकी सरकारले दर्ता गरेको आरोपमा उल्लेख छ । फरहाद साकेरी पक्राउ परेका छैनन् । उनलाई इरानले संरक्षण गरेको अमेरिकी सरकारको दाबी छ ।

यसअघि ट्रम्पले इरानबाट आफ्नो हत्याको योजना बनाएको बताइरहेका बेला सरकारले पनि त्यसैअनुसार मुद्दा दर्ता गरेको हो । ट्रम्पले यस अघि नै इरानविरुद्ध टिप्पणी गरिरहेको र हत्या आरोपकै मुद्दा दर्ता भएकोले अब अमेरिकाले इरानविरुद्ध कडा कमद चाल्ने सङ्केत रहेको बीबीसीको खबरमा उल्लेख छ । मध्यपूर्वमा युद्ध गरिरहेको इजरायलले अमेरिकाको साथ पाएमा इरानमा पूर्णस्तरको युद्ध गर्न सक्ने अनुमानकाबीच ट्रम्पको हत्या प्रयास योजनाको मुद्दाले मध्यपूर्वको समस्या झनै चर्किने सम्भावना बढाएको बीबीसीको खबरमा जनाइएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७