एनपीएलको सबै भन्दा महङ्गो टोली पोखरा एभेन्जर्सको जर्सी सार्वजनिक


१३:२३ बजे

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को सबैभन्दा महँगो टोली पोखरा एभेन्जर्सको जर्सी सार्वजनिक गरिएको छ । टिमका प्रमुख सल्लाहकार ततम मेन्टर जोन्टी रोड्सले जर्सी सार्वजनिक गरेका हुन् । जोन्टी जर्सी सार्वजनिक गर्न मुस्ताङको लोमान्थाङ पुगेका थिए ।

पोखरा एभेन्जर्सले क्रिकेटसँगै जलवायु परिवर्तन र दिगो पर्यटनलाई केन्द्रित गरि लोमान्थाङबाट जर्सी सार्वजनिक गरेको अध्यक्ष सुबोध त्रिपाठीले जानकारी दिए । ‘जलवायु परिवर्तन, हिमालय पग्लिने कुरालाई क्रिकेटका माध्यमबाट उजागर गर्न खोजेका छौं,’ उनले भने, ‘गण्डकीमा हिमालय पर्वत श्रृङ्खलाको पर्यटन प्रवर्द्धन गर्न र नियमित पग्लिरहेको हिउँको कुरा विश्वमै ल्याउन लागिरहेका छौं । यसमा हामी गम्भीर हुनु पर्नेछ। यसमा एउटा सन्देश दिनको लागि पनि हामी आएका छौं ।’ 

जोन्टी रोड्सले पोखरा एभेनजर्सको जर्सी सार्वजनिक गरेका थिए । ‘पोखरामा आबद्व हुँदा उत्साहित छु । मेरो अनुभव र ज्ञानले पोखरामात्र होइन नेपालको क्रिकेटको उदयका लागि योगदान हुनेछ,’ उनले भने, ‘क्रिकेटमा धेरै अवसर छ । नेपालको भविष्य उज्जवल छ ।’ 

कार्यक्रममा पोखरा गीत प्रस्तुत गरिएको थियो । पोखराका ब्राण्ड एम्बेस्डर सन्दीप क्षेत्रीले भने, ‘पोखरासँग मित्रवत् एसोसिएसन हो । पोखराले कुनै कुरामा कञ्जुसाई गरेको छैन । लोमान्थाङमै जर्सी अनावरण गर्नु पर्यटनका लागि राम्रो हो ।’ कार्यक्रममा पोखरा एभेन्जर्सको अफिसियल गीत बजाइएको थियो । कार्यक्रममा क्यानका सचिव पारस खड्काले नेपाली क्रिकेटको विकासमा मोन्टीले आगमनले सघाउने बताए । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७