कमला ह्यारिसले किन गरिन् आफ्नो सम्बोधन रद्द ?


१५:२३ बजे

काठमाडौं । अमेरिकी राष्ट्रपतीय निर्वाचनको नतिजा आउँदै गर्दा डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसले आज (बुधबार) हुने भनिएको आफ्नो सम्बोधन रद्द गरेकी छन् ।

ठूलो संख्यामा कमला ह्यारिसका समर्थक उनको कार्यालय बाहिर जम्मा भएका छन् । यस्तो बेला उनको चुनावी अभियानमा संलग्न एक वरिष्ठ सदस्यले ह्यारिस आज सम्बोधन गर्न नआउने बताएका हुन् ।

मत गणनाको नतिजा सोचेजस्तो नआएपछि ह्यारिसको कार्यालय बाहिर रहेका कार्यकर्तामा पहिलेको जस्तो उत्साह देखिएको छैन । मतगणना जारी छ र कमला ह्यारिसका प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पले दुईवटा स्विङ राज्यमा जित निकालिसकेका छन् । यसमा उत्तरी क्यारोलिना र जर्जिया रहेका छन् ।  

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७