राखेपका पूर्व सदस्य सचिव राणाको निधन


२०८१ कार्तिक ९ शुक्रबार १९:०२ बजे

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्व सदस्य सचिव सुशील शमशेर जबराको आज निधन भएको छ। उनको ९१ वर्षको उमेरमा निधन भएको हो । राणाको आजै पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जलीसहित दाहसंस्कार भएको राखेपको प्रचारप्रसार शाखा प्रमुख खुशराज दाहालले जानकारी दिए । उनका अनुसार श्रद्धाञ्जली अर्पण कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का विभागीय प्रमुखहरु प्रेमबहादुर मल्ल, सरोज पोखरेलसहित कर्मचाहरुको उपस्थिति थियो ।

राखेपको दोस्रो सदस्यसचिवका रुपमा राणाले छ वर्षसम्म नेपाली खेलकुदका क्षेत्रमा योगदान पुर्‍याएका थिए । विसं २०१७ देखि विसं २०२४ सम्म राणा परिषद्को सदस्यसचिव थिए । नेपाल ब्याडमिन्टन सङ्घको सस्थापक अध्यक्ष भएका राण हाल आजीवन मानर्थ अध्यक्षको रुपमा रहेको सङ्घका अध्यक्ष रामजीबहादुर श्रेष्ठले जानकारी दिए । राणाको निधनप्रति राष्ट्रिय खेलकुद परिषद्ले दुःख व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना व्यक्त गरेको छ  ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७