बालुवाटारमा सत्ता गठबन्धनको बैठक


२०८१ कार्तिक ९ शुक्रबार १९:०८ बजे

काठमाडौं । सत्ता गठबन्धन दलको बैठक बालुवाटारमा बसिरहेको छ । नेकपा एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको १०० दिनको समीक्षा र आगामी कार्ययोजना तय गर्न बैठक बसेको हो । 

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमतका अध्यक्ष सिके राउत, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ सहभागी छन् । एमाले महासचिव शंकर पोखरेलका अनुसार सत्तारुढ दलको आजको बैठकले साझा दृष्टिकोण सार्वजनिक गर्नेछ ।

सरकारमा रहेका राजनीतिक दलका तर्फबाट सरकारले गरेका काम र सामुहिक रूपमा कसरी अघि बढ्ने भन्ने विषयमा बैठकले आवश्यक निष्कर्ष निकाल्ने उनको भनाई छ । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।  बैठकमा एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, गृहमन्त्री रमेश लेखक, श्रममन्त्री शरदसिंह भण्डारीलगायतका मन्त्री तथा नेताहरु पनि सहभागी छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७