अधिकार सम्पन्न भूमि आयोग गठन हुन्छ : मन्त्री अधिकारी


२०८१ कार्तिक ९ शुक्रबार १९:११ बजे

खाँदबारी । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले अधिकार सम्पन्न भूमि आयोग गठन हुने बताएका छन्। जिल्ला मालपोत कार्यालय खाँदबारीको आज भवन उदघाटन गर्दै मन्त्री अधिकारीले भूमिहीन र सुकुम्बासीको समस्या दुई वर्षभित्र समाधान गर्ने प्रतिबद्धता जनाए । यही महिनाभित्रै भूमि आयोग गठन गर्ने उनको भनाइ थियो। 

‘मंसिर महिनाभित्र सबै जिल्लामा भूमि आयोग गठन गरिसक्छौँ’, उनले भने । प्रदेश र स्थानीय तहसँग समन्वय गरेर सबै भूमिहिनलाई जग्गा उपलव्ध गराउने उनले उल्लेख गरे । गरिबी निवारणलाई सरकारको उच्च प्राथमिकतामा राखेको मन्त्री अधिकारीको भनाइ थियो । लामो समयसम्म जमिन भोग गर्दै आए पनि लालपूर्जाविहीन भएर बस्नुपर्ने अवस्थाको अन्त्य गर्न सरकार लागिपरेको उनले बताए । जिल्ला मालपोत कार्यालयको भवन दुई करोड २० लाखको लागतमा निर्माण सम्पन्न भएको हो । रासस
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७