प्रेमिकासँग मिलेर पाँच करोड ठगी कम्बोडिया पुगेका आचार्य पक्राउ


२०८१ कार्तिक ९ शुक्रबार २१:०८ बजे

काठमाडौं । अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा प्रहरीले वैदेशिक रोजगारी ठगी मुद्दामा फरार आरोपी सुजन आचार्यलाई पक्राउ गरेको छ । इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी उदयपुर त्रियुगा नगरपालिका–१० का सुजन आचार्य पक्राउ परेका हुन् ।   

इन्टरपोल र कम्बोडिया प्रहरीको समन्वयमा पक्राउ गरी उनलाई शुक्रबार नेपाल ल्याइएको नेपाल प्रहरीले जनाएको छ । वैदेशिक रोजगारीमा सिंगापुर पठाईदिन्छु भनी ४० जना  बढी व्यक्तिहरूबाट ५ करोड २ लाख ९४ हजार रूपैयाँ ठगी उनी फरार  थिए । प्रेमिका बिनु शाक्यसँग मिलेर उनले ठगी गरेको प्रहरीले जनाएको  छ।

गत १९ माघ २०८० मा नेपाल प्रहरीको सिफारिसमा इन्टरपोलले रेड नोटिस जारी गरेको थियो । सुजनविरूद्ध २०७९ जेठ १३ गते जिल्ला प्रहरी परिसर काठमाडौंमा विद्युतीय कारोवारसम्बन्धी कसुर र २०८० वैशाख २५ गते प्रहरी वृत्त महाराजगंजमा ठगी तथा अपराधिक लाभसम्बन्धी कसूरमा मुद्दा दर्ता भएको छ । असोज १ मै उनीहरु कम्बोडियामा पक्राउ परेका थिए । आचार्यलाई नेपाल ल्याइएको र शाक्यलाई पनि ल्याउने प्रक्रिया भइरहेको प्रहरीले जनाएको छ । यसअघि पनि ठगी, लुटपाटलगायत मुद्दामा पक्राउ परी आचार्य छुटेका थिए । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७