ललितपुरलाई चीनको ‘युनिक सोलार सावर स्टेशन’ उपहार


२०८१ कार्तिक ९ शुक्रबार २१:१४ बजे

ललितपुर । नेपालमा पहिलो पटक सौर्य उर्जाबाट चल्ने सामुदायिक स्नानघर सञ्चालनमा आएको छ । ललितपुर महानगरपालिका–३ स्थित ठाडोढुंगामा आजदेखि ‘युनिक सोलार सावर स्टेशन’ सञ्चालनमा आएको हो । 

चीनको युन्नान कमर्सियल रिप्रिजेन्टटेटिभ अफिसमार्फत आर्थिक र युनिक सोलार नेपालको प्राविधिक सहयोगमा निर्माण भएको उक्त सामुदायिक स्नानघर २४ घण्टा तातो पानीको सुविधा छ ।  अहिले प्रतिव्यक्ति शुल्क ८० रुपैंयाँ कायम गरिएको छ । १० पटकसम्म सेवा लिएमा एकचोटी निःशुल्क दिइने बताइएको छ ।

मासिक, अर्धवार्षिक र वार्षिक ग्राहक बनेर पनि सहुलियत दरमा सुविधा लिन पाइनेछ । त्यसका लागि क्रमशः दुई हजार, पाँच हजार र आठ हजार शुल्क निर्धारण गरिएको छ । सेवाग्रामीलाई स्टेशनमै साबुन, स्याम्पु, टावेल तथा टुथ ब्रससहित चिया, कफी र जुसको पनि व्यवस्था छ । वडाध्यक्ष श्री गोपाल महर्जनको अध्यक्षतामा भएको सामुदायिक बाथरुम शुभारम्भ तथा हस्तान्तरण कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, नेपालका लागि चिनियाँ राजदूत छन् सोङलगायतको उपस्थिति थियो । 

कार्यक्रममा मेयर महर्जनले सोलार बाथरुम स्टेशनले महानगरवासीमा उत्साह ल्याएको बताएका छन् । यसले महानगरको समृद्धि र विकासमा ठूलो सहयोग पुर्‍याउने उनले बताए । राजदूत छन सोङले पनि नेपालसँगको पुरानो मित्रता स्मरण गर्दै सहयोग गर्न पाउँदा खुशी लागेको बताए । स–साना सहयोग र आपसी समझदारीकै कारण नेपाल र चीन पौराणिक कालदेखि दाजुभाइ जस्तो रहेको उनले बताए ।

राजदूत सोङले आफूहरुको सहयोगप्रति महानगरवासीले देखाएको उत्साहको लागि पनि खुशी व्यक्त गरे । त्यस्तै युन्नान प्रतिनिधि याङले छिमेकी राष्ट्रहरुमा समृद्ध ग्रामीण परियोजनाअन्तर्गत उक्त सोलार बाथरुम निर्माण गरिएको जानकारी दिइन् । सहयोग गर्ने मौका दिएकोमा उनले महानगरप्रति आभार प्रकट गरिन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७