‘साइबर सेना’ भनेकोबारे माफी माग्दै ‘माग्ने’ ले भने–आवेगमा आएर गलत बोलें


२०८१ असोज २७ आइतबार ०५:१५ बजे

काठमाडौं । हाँस्य कलाकार केदारप्रसाद घिमिरे ‘माग्ने बूढा’ ले आफ्नो अभिव्यक्तिप्रति माफी मागेका छन् । घिमिरेले हालै एक कार्यक्रममा नेपाली चलचित्र क्षेत्रमा ‘साइबर सेना’ सक्रिय भएको बताएका थिए ।

उनले चलचित्रको नाम नतोके पनि १२ गाउँ चलचित्रलाई लक्षित गरेर अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिका कारण उनको आलोचना भएपछि घिमिरेले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत् माफी मागेका हुन् ।

उनले लेखेका छन्, ‘एक कार्यक्रममा आवेगमा मैले साइबर सेना शब्द प्रयोग गरेकोमा क्षमा चाहन्छु । मेरो परिस्थिति बुझाइको तत्कालीन अवस्था र अहिलेको बुझाइको अवस्था फरक महसुस गरको छु । यदि कसैको चित्त दुखेको छ भने माफ गर्दिनु होला । धन्यवाद ।’ अहिले हलमा छक्का पन्जा–५, १२ गाउँ र ज्वाइँसाब फिल्म लागिरहेका छन् । 

 

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७