भिरबाट ढुङ्गा खसेर बसमा लाग्दा बालिकाको मृत्यु


२०८१ असोज २७ आइतबार १४:३६ बजे
फाइल फोटो

मकवानपुर । यात्रुबाहक बसमा माथिबाट खसेको ढुङ्गाले लागेर एक बालिकाको मृत्यु भएको छ । त्रिभुवन राजपथको हेटौडा–भैंसे सडक खण्डको भुलभुलेमा माथिबाट खसेको ढुङ्गा लागेर बसमा रहेकी यात्रु मकवानपुरगढी गाउँपालिकापा–८ की १२ वर्षिया रिकु थिङको ज्यान गएको हो ।

त्रिभुवन राजपथ हुँदै भीमफेदीको ईचुङतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख ३३१० नं. को यात्रु बोकेको लोकल बसमा अचानक माथि भिरबाट ढुङ्गा खसी बसकी यात्रु थिङ घाइते भएकी थिइन् । हेटौंडा अस्पतालमा सामान्य उपचारपछि उनलाई थप उपचारका निम्ति चितवन लगिएको थियो । उपचारकै क्रममा थिङको मृत्यु भएको जिल्ला प्रहरीले कार्यालय हेटौंडाले जनाएको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७