मुस्लिम र थारु आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस
काठमाडौं । मुस्लिम र थारु आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेस भएको छ । राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित छुट्टाछुट्टै समारोहमा दुवै आयोगका अध्यक्षले राष्ट्रपति पौडेल समक्ष प्रतिवेदन पेस गरेका राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
नेपालको संविधानको धारा २९४ बमोजिम मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी र थारू आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले आ–आफ्नो आयोगको आर्थिक वर्ष २०८०–०८१ को वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस गरेको विज्ञप्तिमा उल्लेख छ ।