राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित


२०७९ फाल्गुण २५ बिहीबार १७:०३ बजे

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल मुलुकको तेस्रो राष्ट्रपतिका रूपमा निर्वाचित भएका छन् ।
संघतर्फको १६ हजार ९०६ र प्रदेशतर्फको १६ हजार ९६ गरी कुल ३३ हजार ८०२ मतभारसहित पौडेल निर्वाचित भएका हुन् ।

उनका प्रतिस्पर्धी नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङले प्रदेशतर्फ सात हजार ७७६ र संघतर्फ सात हजार ७४२ गरी कुल १५ हजार ५१ मतभार पाए ।

अहिले कायम रहेकी राष्ट्रपति विद्या भण्डारीले दुई कार्यकाल राष्ट्रपति सम्हालेकी हुन् । मुलुकको प्रथम राष्ट्रपति नेपाली कांग्रेसका तत्कालीन महामन्त्री डा. रामशरण यादव बनेका थिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७