राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना
काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेल शनिबार अस्पताल भर्ना भएका छन् ।
स्वास्थ्यमा समस्या आएपछि महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उनलाई भर्ना गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
शनिबार जेनजी प्रतिनिधिहरूसँग छलफल राखेका उनी अस्वस्थ भएपछि छलफल दुई दिन सारेर अस्पताल गएका हुन् । अस्पताल स्रोतका अनुसार उनी अस्पताल आइपुगेको करिब दुई घण्टा भएको छ । अहिले प्रारम्भिक परीक्षण भइरहेको छ ।
अस्पताल स्रोतका अनुसार अहिले त्यस्तो केही पनि जटिल समस्या देखिएको छैन।
.gif)

.png)

