सुनकोशीले बगायो गाईघाट–दिक्तेल सडकको १३ करोडको सुनकोशी पुल


२०८१ असोज १२ शनिबार ०९:१८ बजे

उदयपुर ।  सगरमाथा सडकको उदयपुरको गाईघाटदेखि पहाडी जिल्ला खोटाङको दिक्तेल जोड्ने सगरमाथा मार्गअन्तर्गत उदयपुर र खोटाङको बीचमा पर्ने फोक्सिङटारस्थित सुनकोशी नदीको पक्की पुल बाढीले बगाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार दुई दिनदेखि भइरहेको निरन्तर वर्षाको कारण सुनकोशीमा आएको बाढीले उक्त पक्की पुल बगाएको हो । बाढीले पुल बगाएपछि गरमाथा सडकमार्गअन्तर्गत गाईघाट दिक्तेल सडकमा यातायात सञ्चालन पूर्णरूपमा विच्छेद भएको छ ।

विसं २०६७ बाट निर्माण सुरु भएको उक्त पुल बल्ल २०७४ सालदेखि निर्माण सम्पन्न भएर सञ्चालन भएको थियो । एक सय ७८ मिटर लम्बाइ र ७ दशमलव ५ मिटर चौडाइको उक्त पुल १३ करोडमा निर्माण भएको गाईघाट दिक्तेल सडक कार्यालय उदयपुरले बताएको छ । सुनकोशीमा आएको भीषण बाढीले फोक्सिङटारस्थित सुनकोशीको पक्की पुल बगाएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख हरिहरनाथ योगीले जानकारी दिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७