लेस्टरमाथि आर्सनलको रोमाञ्चक जित


२०८१ असोज १३ आइतबार १०:१३ बजे

काठमाडौँ । आर्सनलले लेस्टर सिटीमाथि जित हासिल गरेको छ । इङलिस प्रिमियर लिग अन्तर्गत आर्सनलले लेस्टर सिटीलाई ४–२ गोल अन्तरले पराजित गरेको हो ।

आर्सनलले ९० मिनेटपछिको इन्जुरी समयमा २ गोल गर्दै जित हासिल गरेको थियो । आर्सनलको जितमा लीन्द्रो ट्रोसार्डले २ गोल गरेका थिए बने गाब्रियल मार्टिनेली र काइ हार्भेटले एक–एक गोल गरेका थिए । त्यसैगरी लेस्टर सिटीका लागि दुवै गोल जेम्स जस्टिनले गरेका थिए । 

यो जितपछि आर्सनलको ६ खेलमा १४ अंक भएको छ र शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीको बराबरी गरेको छ । सिटी गोल अन्तरको आधारमा शीर्ष स्थानमा रहेको छ । त्यसैगरी लेस्टर सिटीको भने ६ खेलमा ३ अंक रहेको छ र लिगमा १६औं स्थानमा छ ।


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७