वडाध्यक्ष मुकेश यादवको हत्या आरोपमा एक महिनापछि दुई जना पक्राउ


२०८१ असोज ९ बुधबार ०३:५२ बजे

जनकपुरधाम । महोत्तरीको रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष मुकेश यादवको हत्यामा संलग्न रहेको आरोपमा महोत्तरी प्रहरीले दुई जनालाई पक्राउ गरेका छन्  ।

वडाध्यक्ष यादवको मृत्युमा संलग्न रहेको आरोपमा प्रहरीले महोत्तरीकै औरही नगरपालिका–७ भोइल टिमकियाका संजीव झा र दिलिप मण्डललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी दिए ।

वडाध्यक्ष यादवको मृत्युमा संलग्न दुई जना मंगलबार साँझ बर्दिबासबाट पक्राउ परेका हुन् । पक्राउ परेका दुवैलाई कर्तब्य ज्यान मुद्दामा थप अनुसन्धानका लागि जिल्ला अदालतले चार दिनको म्याद थप गरेको प्रहरी नायब उपरीक्षक जैसवारले बताए ।

वडाध्यक्ष यादव भदौ ९ गते राति बर्दिबासमा साथीहरूसँग बसेका थिए । त्यहाँबाट घर आउन निस्किए पनि उनी अर्को दिन बिहान मृत भेटिएका थिए । उनी सवार मोटरसाइकल बाटोमा लडिरहेको अवस्थामा भेटिएको थियो भने उनको शव सडकको छेउमा भेटिएको थियो । वडाध्यक्ष यादवको मोटरसाइकल दुर्घटनामा मृत्यु नभई कसैले हत्या गरी फालेको परिवारजनको दावी छ । उनी गत स्थानीय निर्वाचनमा माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७