भैंसेपाटी प्रभागकी इन्स्पेक्टर शाहीलाई जिम्मेवारीबाट हटाइयो

बलात्कार मुद्दामा फसाइ दिने भन्दै ३० लाख मागेको आरोप, अरु दुई जना पनि पक्राउ


२०८१ असोज १० बिहीबार ०६:०१ बजे

काठमाडौं ।  ललितपुरको भैंसेपाटी प्रभागकी प्रमुख इन्सपेक्टर विनुकुमारी शाहीलाई जिम्मेवारीबाट हटाइएको छ । इन्सपेक्टर शाहीमाथि बलात्कार मुद्दामा फसाइ दिने भन्दै पैसा मागेको आरोप लागेपछि जिम्मेवाीबाट हटाएर छानबिन थालिएको हो ।

घटना छानबिनका लागि डीएसपीको संयोजकत्वमा ७ सदस्यीय समिति बनाइएको प्रहरी स्रोतले जानकारी दिएको छ । ललितपुर प्रहरी परिसरका डीएसपी नरहरी अधिकारीको संयोजकत्वमा छानबिन समिति बनाइएको छ । छानबिन भइरहेकाले शाहीलाई जिम्मेवारीबाट हटाइएको काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख किरण बज्राचार्यले जानकारी दिइन् ।

हनी ट्रयापको घटनामा बलात्कारमा फसाई दिने भन्दै शाहीले युवतीसँग मिलेर ३० लाख पैसा लिएको पाइएको छ । यस्तै आर्थिक लेनदेनमा संलग्न अन्य दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई आपराधिक लाभसम्बन्धी कसुरमा पक्राउ गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिएका छन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७