हिजबुल्लाहको मुख्यालयमा इजरायलको आक्रमण


२०८१ असोज १३ आइतबार ११:१७ बजे

काठमाडौँ । इजरायलले लेबनानमा हिजबुल्लाहको लक्ष्यमा हवाई आक्रमण जारी राखेको छ । इजरायलले शनिबार बिहान दक्षिणी बेरुतमा हिजबुल्लाहको स्थानमा हवाई आक्रमण गरेको थियो । इजरायली सेनाले एक विज्ञप्ति जारी गर्दै हिजबुल्लाहको मिसाइल इकाईका प्रमुख मोहम्मद अली इस्माइल आफ्नो आक्रमणमा मारिएको जनाएको छ । 

यसका साथै इजरायली आक्रमणमा मोहम्मद अली इस्माइलका सहायक हुसेन अहमद इस्माइल पनि मारिएका छन् । इजरायली सेनाले मोहम्मद इस्माइल इजरायलमा धेरै रकेट आक्रमणको पछाडि रहेको बताएको छ । यसअघि हिजबुल्लाहका मिसाइल र रकेट फोर्सका प्रमुख मोहम्मद काबिसी र अन्य धेरै शीर्ष कमाण्डर पनि इजरायली आक्रमणमा मारिएका थिए ।

यसअघि इजरायलले शुक्रबार लेबनानमा ठूलो हवाई हमला गरेको थियो जसमा धेरै भवनहरूलाई निशाना बनाइएको थियो । आक्रमणमा धेरै भवनहरु ध्वस्त भएकाले भग्नावशेषबाट मानिसहरुलाई उद्दार गर्ने काम भइरहेकोले मृतकको संख्या बढ्न सक्ने बताइएको छ ।

इजरायलले लेबनानका जनतालाई धेरै भवनहरू खाली गर्न निर्देशन दिएको चेतावनीपछि इजरायलले यो हवाई आक्रमण गरेको थियो । इजरायलले यी भवनहरू हिजबुल्लाहका मानिसहरूले प्रयोग गरिरहेको दाबी गरेको छ । इजरायली सेनाले शुक्रबार बेरुतमा रहेको हिजबुल्लाहको मुख्यालयलाई निशाना बनाएको थियो । यस आक्रमणमा धेरै अग्लो भवनहरू ध्वस्त भएका छन् ।

यी आक्रमणहरूको निशाना हिजबुल्लाह नेता हसन नसरल्लाह रहेको बताएका छन् । यद्यपि इजरायली सेनाले कसलाई निशाना बनाएको भन्ने बारेमा टिप्पणी गर्न अस्वीकार गरेको छ । विभिन्न रिपोर्टहरुले नसरल्लाहको अवस्था बारेमा अनेकौं टिप्पणी गरेपनि उनको अवस्था बारे स्पष्ट जानकारी प्राप्त भएको छैन । –न्यूज कारखाना

  
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७