पाल्मरको चार गोलमा चेल्सी विजयी, ओसासुनासँग बार्सिलोना स्तब्ध


२०८१ असोज १३ आइतबार १०:०७ बजे

काठमाडौँ । चेल्सीले ब्राइटनमाथि सानदार जित हासिल गरेको छ । गए राति सम्पन्न खेलमा चेल्सीले ब्राइटनलाई ४–२ गोल अन्तरले पराजित गरेको हो ।

चेल्सीको जितमा कोल पाल्मरले चार गोल गरेका थिए । पाल्मरले २० मिनेटमा चार गोल गरेर चेल्सीलाई सहज जित दिलाएका थिए । त्यसैगरी ब्राइटनका लागि जर्जिनियो रोटर र कार्लोस बालेबाले एक–एक गोल गरेका थिए । यो जितपछि चेल्सीको ६ खेलमा १३ अंक भएको छ भने ब्राइटनको ६ खेलमा ९ अंक रहेको छ ।

ओसासुनासँग बार्सिलोना स्तब्ध
स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोना पराजित भएको छ । गएराति सम्पन्न खेलमा बार्सिलोना ओसासुनासँग ४–२ गोल अन्तरले पराजित भएको हो । ओसासुनाको जितमा आंटे बुडीमिरले २ गोल गरेका थिए भने ब्रयान जारागोजा र अबेल ब्रेटोन्सले एक–एक गोल गरेका थिए ।

त्यस्तै बार्सिलोनाका लागि पाउ भिक्टर र लामिन यमलले एक–एक गोल गरेका थिए । यो ओसासुनाको यस सिजनमा चौथो जित हो । यो जितपछि ओसासुनाको ८ खेलमा १४ अंक भएको छ र लिग लिगमा छैटौं स्थानमा छ । त्यसैगरी बार्सिलोनाको भने यो यस सिजनमा पहिलो हार हो । यो हारपछि बार्सिलोनाको ८ खेलमा २१ अंक भएको छ र लिगमा शीर्ष स्थानमा रहेको छ ।

 


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७