झ्याप्लेखोला पहिरो : गाडीसँगै पुरिएका नौं जनाको खुल्यो पहिचान


२०८१ असोज १३ आइतबार ११:१६ बजे

काठमाडौं । बुटवलबाट काठमाडौ जाँदै गर्दा धादिङको झ्याप्ले खोलामा पुरिएको विंंगर जीपमा सवार नौं मृतकको पहिचान खुलेको छ । गत शुक्रवार बिहान बुटवलबाट काठमाडौँ जाँदै गरेको लु १ ज ४५७८ नम्वरको विंगर जीपमा सवार १४ जना यात्रु पहिरोमा पुरिएका थिए । पहिरोमा शुक्रवार साँझ पुरिएको उक्त गाडी र यात्रु शनिवार साँझ मात्रै फेला परेको थियो । उक्त घटनामा विंगर चालक रमेश लुईटेलसहित १४ जना मृत फेला परेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा स्याङजाको गल्याङ नगरपालिका–३ घर भई बुटवलको कालिका माविमा अध्ययनरत १५ बर्षका दिपेश र दिपिका भट्टराई र उनीहरुकी आमा सीता भट्टराई छन् । उनीहरुमध्ये सीता र दिपेश भट्टराईको सनाखत भइसकेको छ भने दिपिकाको सनाखत हुन सकेको छैन । त्यसैगरी बुटवलको सेमलारका प्रकाश कुंवर र सिर्जना कुंवर, गुल्मीको चारपालाका बीरबहादुर रायमाझी, प्रमिला रायमाझी र क्रिस रायमाझी छन् ।

नागढुंगा प्रहरी प्रभागका अनुसार अन्य मृतकहरुको पहिचान खुल्न नसकेको र उनीहरुको शव गए राति ११ बजे नै शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ । गाडीमा हराइरहेकाका आफन्तहरु सम्पर्कमा आउने क्रममा रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार अहिलेसम्म ट्राफिक चोकबाट २ वटा समूहका गरी ७ जनाले टिकट काटेको बाहेक टिकट काउन्टरमा रेकर्ड देखिएको छैन ।  पृथ्वी राजमार्गको नागढुंगा नौबिसे सडक खण्डको झ्याप्ले खोलामा आएको पहिरोमा परेर उक्त गाडी पुरिएको थियो । प्रहरीले गाडी पुरिएको स्थानबाट १४ जनाको शव निकालेको थियो । 

पश्चिम नेपाल बस ब्यवसायी प्रालिका अनुसार शुक्रवार बिहान लु १ ज ४५७८ नम्बरको उक्त जीपमा काठमाडौं जानका लागि बुटवलको ट्राफिक चोकमा रहेको काउण्टरबाट ७ जना र राजमार्ग चौराहबाट टिकट लिएर ३ जना चढेका थिए । यात्रुहरुले नाम नलेखाई समूहमा चढेका कारण टिकट काउन्टरबाट चलानी सिटमा ४ जनाको मात्रै नाम उल्लेख गरिएको छ । तीमध्ये, बोम, कार्की र प्रकाश कुंवर मात्रै उल्लेख छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७