घाँस बोकेर हिंडिरहेकी महिलाको चट्याङले लागेर मृत्यु

रंगेलीमै चट्याङले लागेर एक युवती घाइते


२०८१ असोज ८ मंगलबार १९:१४ बजे

मोरङ । मोरङको रंगेलीमा आज (मंगलबार) चट्याङले लागेर एक महिलाको मृत्यु भएको छ । खेतबाट घाँस काटेर घर फर्कदै गर्दा अचानक परेको चट्याङले लागेर रंगेली नगरपालिका–९ की ४५ वर्षीया साक्रो हेमरनको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । 

धन खेतबाट घाँस काटेर फर्किने क्रममा दिउँसो १२ः३० बजेतिर परेको चट्याङले लागेर हेमरनको घटनास्थलमै मृत्यु भएको जानकारी बस्नेतले दिए । उनका अनुसार हेमरनको शव क्षत विक्षत अवस्थामा फेला परेको थियो । घाँसको मुठो बोकेर घामबाट छलिनका लागि छाता ओढेर घरतिर फर्किदै गरेको अवस्थामा अचानक चट्याङले लागेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ । 

उनका अनुसार शव क्षतविक्षत र टाउकाको बायाँ भागको कपाल जलेको थियो । घटनास्थल मृतकको घरबाट करिब २ किलोमिटर पश्चिममा पर्ने प्रहरीले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय रंगेलीका इन्सपेक्टर सन्तोषकुमार खड्का नेतृत्वको टोलीले कानुनी प्रक्रिया पूरा गर्दै घटनास्थलबाट उठाएर शवलाई पोस्टमार्टमका लागि रंगेली अस्पताल लगेको छ । 

यस्तै सोही ठाउँमा चट्याङले लागेर एक युवती घाइते भएकी छन् । २२ वर्षीया विनिता हेमरन चट्याङ लागेर घाइते भएकी हुन् । घाँस काटेर घरतर्फ फर्किने क्रममा उनलाई चट्याङले लागेको प्रहरीले जनाएको छ । कानबाट रगत बगिरहेको अवस्थामा उद्धार गरेर उनलाई प्रहरीले उपचारका लागि रंगेली अस्पताल पठाएको छ । उनको अवस्था मध्यम छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७