घुस लिँदालिँदै वडाध्यक्ष विप्लव कार्यकर्ताको ‘फन्दा’ मा 


२०८१ असोज ८ मंगलबार २१:०७ बजे

झापा  । झापाका एक वडाध्यक्ष घुस लिएको आरोपमा पक्राउ परेका छन् ।  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले झापा बुद्धशान्ति गाउँपालिका–२ का वडाध्यक्ष डिल्लीप्रसाद ओलीलाई घुससहित नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।

विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले ८० हजार रुपैयाँ घुस लिँदै गर्दा वडाध्यक्ष ओलीलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनीमा बुझाएको जनाएका छन् । एक भारतीय नागरिकलाई जमिन दिलाइ दिने भन्दै वडाध्यक्ष ओलीले एक लाख ६० हजार घुस मागेको विप्लव नेतृत्वको माओवादीका कार्यकर्ताले बताएका छन् ।

आज (मंगलबार) दिउँसो बिर्तामोडस्थित हनुमान सेन्ट्रलमा भारतीय नागरिक अमरनाथ चौहानबाट ८० हजार रुपैयाँ लिँदै गर्दा ओलीलाई विप्लव कार्यकर्ताले नियन्त्रणमा लिएका थिए । घुस दिने र लिनेलाई अहिले प्रहरीले इलाका प्रहरी कार्यालय अनारमनीमा राखेको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७