जनमतले पाँच केन्द्रीय नेतासहित नौं पार्टी सदस्यलाई किन सोध्यो स्पष्टीकरण ?


२०८१ असोज ८ मंगलबार २१:०८ बजे

काठमाडौं । जनमत पार्टीले पाँच केन्द्रीय नेतासहित नौं  सदस्यलाई सात दिने स्पष्टीकरण सोधेको छ । गत असोज ५ गते जिल्ला समन्वय समिति, जलेश्वर, महोत्तरीको हलमा भएको प्रशिक्षण तथा शुभकामना आदान प्रदान कार्यक्रम बिथोल्न खोजेको भन्दै उनीहरूलाई स्पष्टीकरण सोधिएको जनमतले जनाएको छ ।

केन्द्रीय सदस्य दिपेन्द्र मधेसी, कोमल यादव, इन्द्रप्रसाद सिंह, सुरेश ठाकुरलाई स्पष्टीकरण सोधिएको छ । त्यस्तै जलेश्वर नगरपालिका समितिका सचिव सञ्जित यादव, सन्तोषकुमार मण्डल, रामजीवन साह र सिंहेश्वर मण्डललाई पनि स्पष्टीकरण सोधिएको छ ।

‘हो हल्ला गरी कार्यक्रम बिथोल्न खोजेको, गुटबन्दी तथा भाँडभैलो गरेको साथै पार्टीको अहित हुने कार्यमा संलग्र भएको देखिएको हुँदा जनमत पार्टीको बिधानको धारा ३९ (क) को उपधारा १, २, ३, ४, ५, ६, १०, ११ आकर्षित हुने हुँदा तपाईंहरूलाई सधारण सदस्य समेत नरहने गरी किन कारबाही नहुनुपर्ने हो ७ दिनभित्र लिखित स्पष्टीकरण दिनुहुन अनुरोध छ,’ जनमतले सार्वजनिक सूचना जारी गर्दै भनेको छ ।

यस्तै केन्द्रीय कार्यकारिणी सदस्य सञ्जयकुमार यादवलाई पनि सात दिने स्पष्टीकरण सोधिएको छ । उनैको इशारामा जलेश्वरको प्रशिक्षण कार्यक्रम बिथोल्न खोजिएको जनमतले आरोप लगाएको छ ।

 


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७