कोदोबारीमा भेटिएको बम सेनाले गर्‍यो ‘डिस्पोज’


२०८१ असोज ८ मंगलबार १९:१४ बजे

संखुवासभा । संखुवासभाको मादी नगरपालिका–६ सिरिसेमा भेटिएको ह्यान्ड ग्रिनेट बम नेपाली सेनाले निस्क्रिय (डिस्पोज) गरेको छ । सदरमुकाम खाँदबारीस्थित नयाँ भैरवी दल गुल्मका सेनाले मंगलबार बम डिस्पोज गरेका हुन् ।

सोमबार बिहान मादी पिलुवा सडकखण्डबाट करिब २० मिटर मुनि रहेको भवानीप्रसाद दाहालको कोदोबारीमा बम भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए । शंकास्पद वस्तु हेन्डग्रिनेट भएपछि घटनास्थल प्रहरीले घेरेर राखेको थियो । बम पुरानो भएकाले द्वन्द्वकालको हुनसक्ने अनुमान गरिएको छ । बम फेला परेको करिव ८ घण्टापछि डिस्पोज गरिएको प्रहरीले जनाएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७