नेप्सेमा ५८ अंकको गिरावट, पाँच अर्बको कारोबार


२०८१ असोज ८ मंगलबार १९:११ बजे

काठमाडौँ । नेप्सेमा आज ५८ अंकको गिरावट आएको छ । मंगलबार नेप्से ५८.९३ अंकले घटेर २४७०.३९ विन्दुमा रोकिएको हो । आज ३०९ कम्पनिको कारोबार हुदा एक करोड ५५ लाख ४ हजार ९२९ कित्ता शेयर ५ अर्ब ६८ करोड ९५ लाख ६१  हजार ३५६ को खरिद बिक्री भएको छ ।

नेप्सेका अनुसार आज स्वरोजगार लघुवित्तको शेयर मूल्य सबैभन्दा बढी ८.८१ प्रतिशतले बढेको छ । त्यस्तै, आज हिमालयन हाइड्रोको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आज एनएलजी इन्सुरेन्सको सबै भन्दा बढी १८ करोड ४१  लाख ६३ हजार ६६ बराबरको शेयर कारोबार भएको छ ।  त्यस्तै आज प्रभु सेलेक्ट फन्डको शेयरको सबैभन्दा बढी ८ लाख ४० हजार ४९८ कित्ता शेयर कारोबार भएको छ  ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७