उपाधि जितेको पुलिस क्लब फर्कियो स्वदेश, विमानस्थलमा भव्य स्वागत


२०८१ असोज ७ सोमबार १५:०४ बजे

काठमाडौं । काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि जितेको पुलिस क्लब स्वदेश फर्किएको छ । च्याम्पियनसिपको उपाधि जितेको पुलिस क्लब सोमबार स्वदेश फर्किएको हो । सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा झरेका उनीहरुलाई बाजागाजासहित भव्य स्वागत गरिएको छ ।  

माल्दिभ्सको मालेमा भएको फाइनल खेलमा पुलिस क्लबले उज्वेकिस्तानको हुमो भिसीलाई ३–० सोझो सेटमा हराउँदै उपाधि जितेको थियो । स्वदेश फर्किएको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको हो । पहिलो सेट २५–१६ ले जित निकालेको पुलिसले दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–२३ ले आफ्नो पक्षमा पार्दै उपाधि रक्षा सफल भएको हो ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७