सुनुवाइ समितिमा दुई तिहाइ सदस्य अनुपस्थित, श्रीलंकाका प्रस्तावित राजदूतबारे हुन सकेन निर्णय 

शैक्षिक प्रमाणपत्र अझै उपलब्ध भएको छैन, अनुमोदन गर्न सकिन्न : श्याम घिमिरे


२०८१ असोज ७ सोमबार १७:०० बजे

काठमाडौं । संसदीय सुनुवाइ समितिमा दुई तिहाइ सदस्य अनुपस्थित भएपछि श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईबारे आज (सोमबार) निर्णय हुन सकेन । समितिको बैठक मंगलबार ९ बजेका लागि फेरि बोलाइएको छ । समितिमा कुनै पनि प्रस्ताव स्वीकृत वा अस्वीकृत गर्न दुई तिहाई सदस्यको मत आवश्यक पर्छ ।

१५ सदस्यीय समितिको सोमबारको बैठकमा ८ जना मात्र सांसद उपस्थित भएपछि समितिले कुनै निर्णय गर्न सकेन । भट्टराईको राजदूत नियुक्त हुनका लागि आवश्यक स्नातक तह पासको प्रमाणपत्र नभएपछि समितिले यसअघि १६ जनाको नाम अनुमोदन गर्नेक्रममा उनको नामबारे थप निर्णय आवश्यक रहेको भन्दै सोमबारका लागि बैठक बोलाएको थियो । समितिका सदस्य एवं कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले शैक्षिक प्रमाणपत्र उपलब्ध नभएको अवस्थामा अनुमोदन हुन नसक्ने जानकारी दिए । अहिलेसम्म समितिमा उनको प्रमाण पत्र उपलब्ध नभएको उनले बताए । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७