छविलाल जोशीलाई लगियो अदालत


२०८१ असोज ७ सोमबार १७:०९ बजे

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व डीआईजी छविलाल जोशीलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ । आइतबार काठमाडौंबाट पक्राउ गरेर पोखरा लगिएका उनलाई सोमबार म्याद थप गर्न अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी मोहनकुमार थापाले जानकारी दिए । 

संसदीय छानबिन विशेष समितिले सहकारी बचत ठगीमा गोर्खा मिडियाका तत्कालीन सञ्चालक जोशीसहितलाई कारबाही गर्न सिफारिस गरेको थियो । विभिन्न सहकारीबाट गोर्खा मिडियामा बचत आएको ठहर समितिको थियो । समितिले जीबी राई, तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक कुमार रम्तेललाई पनि कारबाही सिफारिस गरेको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७