दुर्गा प्रसाईलाई रिहा गर्न माग गर्दै सर्वोच्चमा रिट


२०८१ असोज ७ सोमबार १७:०५ बजे

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कानुन व्यवसायी बन्दी प्रत्यक्षीकरणको रिट बोकेर सर्वोच्च अदालत पुगेका छन् । निवेदन सर्वोच्चमा पेस भएको र अध्ययनको क्रममा रहेको प्रवक्ता अच्युत कुईकेलले जानकारी दिए । तर, उनको निवेदन दर्ता भइसकेको भने छैन ।

साइबर अपराधको आरोपमा प्रसाई आइतबार पक्राउ परेका थिए  ।  उनलाई काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई अनुसन्धानका लागि तीन दिनको म्याद दिएको छ । निवेदनसँगै प्रसाईंले आफू क्यान्सरपीडित भएको भन्दै मेडिकल रिपोर्ट पनि बुझाएका छन् । प्रहरीको साइबर ब्यूरोले प्रसाईंलाई आइतबार भक्तपुरस्थित उनको घरबाट पक्राउ गरेको थियो ।

विद्युतीय माध्यमबाट आफ्नो चरित्र हत्या गरेको भन्दै साइबर ब्यूरोमा एक महिलाले दिएको उजुरीका आधारमा प्रसाईंलाई पक्राउ गर्न प्रहरीले अनुमति पाएको थियो । आइतबारै प्रसाईंलाई तीन दिन हिरासतमा राखेर विस्तृत अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिइसकेको छ । पक्राउ परेका प्रसाई भने हिजो बेलुका नै वीर अस्पताल भर्ना भएका छन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७