दुर्गा प्रसाईं राति नै अस्पताल भर्ना, समर्थकको माइतीघर मण्डलामा प्रदर्शन


२०८१ असोज ७ सोमबार १७:०८ बजे

काठमाडौं । मेडिकल व्यावसायी दुर्गा प्रसाईं अस्पताल भर्ना भएका छन् । आइतबार साँझ पक्राउ परेका प्रसाईं राति नै अस्पताल भर्ना भएका हुन् । विद्युतीय कारोबार ऐन विपरीतको कसुर गरेको आरोपमा पक्राउ परेका उनलाई प्रहरीले अस्पताल भर्ना गरेको साइबर ब्यूरोले जनाएको छ ।

ब्यूरोका अनुसार स्वास्थ्य परीक्षण गराउन लैजाँदा रक्तचाप सम्बन्धी समस्या देखिएपछि चिकित्सकको सल्लाहमा उनलाई वीर अस्पताल भर्ना गरिएको हो । प्रसाईं हिजो भक्तपुरस्थित घरबाट पक्राउ परेका हुन् । उनीविरुद्ध एक जना महिलाको चरित्र हत्या हुने गरी अभिव्यक्ति दिएको आरोप छ ।
 

दुर्गा प्रसाईका समर्थकहरू आन्दोलित
दुर्गा प्रसाईका समर्थकहरू आन्दोलित भएका छन् । नेपाल प्रहरीको साइबर ब्युरोले प्रसाईका समर्थकहरूलाई हिरासतमा लिएपछि उनीहरू आन्दोलित भएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ ज्वाला संग्रौलाको उजुरीका आधारमा प्रसाई आइतबार भक्तपुरको ठिमीस्थित घरबाटै पक्राउ परेका परेका थिए । प्रसाई पक्राउ परेपछि उनलाई रिहाइको मागसहित समर्थकहरूले सोमबार दिउँसो काठमाडौँस्थित माइतीघर मण्डलमा प्रदर्शन गरिरहेका छन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७