धनुषामा हिरासत फोडेर फरार चार थुनुवा पक्राउ


२०८१ असोज ७ सोमबार १७:०४ बजे

धनुषा । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत फोडेर फरार चार थुनुवा पक्राउ परेका छन् । आइतबार राति हिरासतको भेन्टिलेसन फोडेर नौं थुनुवा फरार भएका थिए । जसमध्ये सत्यम झालाई तत्कालै प्रहरीले जनकचोकबाट पक्राउ गरेको थियो ।

भागेका आठ जनामध्ये थप तीन जनालाई प्रहरी धनुषाको विदेह नगरपालिकाको वैदेही स्टेशनस्थित लखौरी भन्ने स्थानको धानखेतबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेहरूमा लागूऔषध मुद्दाका अभियुक्त धनुषाको विदेह नगरपालिका–७ का २४ वर्षीय रोशन कुमार मण्डल, सिरहा नगरपालिका १३ का ३३ वर्षीय अभास्कर कुमार यादव र अभद्र व्यवहार मुद्दाका जनकपुरधाम ४ का २२ वर्षीय विक्की कार्की छन् ।

लागूऔषध मुद्दाका जनकपुरधाम उपमहानगरपालिका २१ रुपैठाका अमितकुमार झा, धनुषाको विदेह नगरपालिका ७ गिद्धाबेलापट्टीका २६ वर्षीय रञ्जित मण्डल र धनुषाको औरही गाउँपालिका २ का २३ वर्षीय विशाल मुखिया, अभद्र व्यवहार मुद्दाका जनकपुरधाम उपमहानगरपालिका–१ का १७ वर्षीय सुमित मेस्तर र नगराइन नगरपालिका–२ का १८ वर्षीय मनिष मण्डल अझै फरार छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७