काठमाडौंमा कवाड व्यवसायीको बृहत भेला 


२०८१ असोज ३ बिहीबार ०२:२२ बजे

काठमाडौं । कवाड व्यवसायीहरुको पेशागत सुरक्षा, सम्मान एवं समृद्धिका लागि काठमाडौंको बालाजुमा आज बृहत भेला भएको छ । काठमाडौं उपत्यकामा कवाडको व्यवसाय गर्दै आएका व्यवसायी एवं मजदुरहरु सहभागि सो भेलाले एक संघर्ष समिति गठन गरेको छ । 

कवाड व्यवासयीका नेता रामकेवल गुप्ताको अध्यक्षतामा सम्पन्न सो भेलाले कवाड व्यवसायिक संघर्ष समितिको नौं सदस्यीय केन्द्रीय कार्यालय र १०१ सदस्यीय केन्द्रीय संघर्ष समिति गठन भएको छ । संघर्ष समितिको ९ सदस्यीय केन्द्रीय संघर्ष समितिमा रामकेवल गुप्ता, संजय साह, सरोज श्रेष्ठ, उपेन्द्र साह, जोगिन्दर साह, गोपाल जयसवाल, ओमप्रकाश सिंह, सुरेश साह र रविशंकर साह छन् । 

यस्तै केन्द्रीय संघर्ष समितिको सदस्यहरुमा संजय यादव, चन्दन जयसवाल, रामनारायण साह, भुषण जयसवाल, कृष्ण यादव, सुरेश साह, उपेन्द्र जयसवाल, विमल बोहरा, लालबाबु जयसवाल लगायतका रहेका छन् । भेलालाई सम्बोधन गर्दै आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले कवाड व्यवसायिहरुको पेशागत सुरक्षा, सम्मान एवं समृद्धिका लागि आफूले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 

भेलाको प्रमुख अतिथि समेत रहेका आजपा अध्यक्ष साहले काठमाडौं देशैभरीका जनताको साझा संघीय राजधानी भएको बताउँदै यहाँ स्वतन्त्र रुपमा पेशाव्यवसाय गर्न कसैले रोक्न नसक्ने बताए । कोही कसैले रोके त्यसको प्रतिकार गर्न र सुरक्षाका लागि आफू अगाडि आउने उनले बताए । 

राज्यलाई कर तिरेर नेपालको कानून अनुसार जोकोहीले पनि काठमाडौंमा पेशा व्यवसाय गर्न सक्ने बताउँदै उनले यहाँ पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कवाड व्यवसायिसंग गरेको मनोमानी आफूलाई स्वीकार नहुने बताए ।  आजपा अध्यक्ष साहले ठूला ठूला तानाशाहहरु मनोमानी र जनताको चाहना एवं आवश्यकता विपरित काम गर्दा उनीहरुको शासन व्यवस्था अन्त्य भएको स्मरण गर्दै यस्ता झिनामसिनासंग डराउनुपर्ने अवस्था नरहेको बताए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७