दरबारमार्गको ‘कन्सर्ट’ पुगेर प्रधानमन्त्रीले दिए शुभकामना


२०८१ असोज ३ बिहीबार ०२:१८ बजे

काठमाडौँ ।  राजधानीको दरबारमार्गमा नागरिकस्तरबाट जारी  ‘नेशनल डे कन्सर्ट’ मा प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागी हुने पुगेका छन् । प्रधानमन्त्री ओली बिहीबार साँझ दरबारमार्ग पुगेर संविधान दिवसको अवसरमा नागरिकस्तरबाट आयोजना गरिएको कन्सर्टमा सहभागी हुँदै कलाकार, दर्शक एवम् सम्पूर्ण देशवासी नागरिकलाई शुभकामना दिएका छन् ।

अनौपचारिक पोसाकमा पुगेका प्रधानमन्त्री ओलीले हातमा नेपालको राष्ट्रिय झण्डा समातेका थिए । उनीसँगै पत्नी राधिका शाक्य, अर्थमन्त्री विष्णु पौडेललगायत उपस्थित थिए । नागरिकस्तरबाट कन्सर्ट सञ्चालन गरिएको भनिए पनि सरकारले यसको समन्वय गरेको पाइएको छ ।

 कन्सर्टमा युवाहरु ठूलो संख्यामा नेपाली झण्डासहित पुगेका छन् । कन्सर्टमा प्रमोद खरेल, सुगम पोखरेल, आनन्द कार्की, कुन्ती मोक्तान, देविका बन्दना, सुगम पोखरेल, दीपक लिम्बू, सुवानी मोक्तान लगायतले प्रस्तुति दिने छन् । अन्य धेरै कलाकार र सेलिब्रेटीहरु कार्यक्रममा सहभागी हुने आयोजकले जनाएको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७