अरूले काँक्रो काटेपछि तैंले पनि एक टुक्रा खाइछस् नि भनिंदैछ : शिशिर खनाल
‘सबै संयन्त्र प्रयोग गरेर खोज्दा पनि सहकारी ठगीमा रविको संलग्नता भेटिएन’
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवम् सहकारी छानबिन समितिका सदस्य शिशिर खनालले सहकारी ठगीमा पार्टी सभापति रवि लामिछानेविरूद्व राज्यको सम्पूर्ण शक्ति लगाउँदा पनि प्रमाण नभेटिएको बताएका छन् ।
आज (मंगलबार) देखि सुरू भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै खनालले छानबिन समितिमार्फत राज्यको सबै संयन्त्र प्रयोग गरेर खोजी गर्दा पनि रवि लाछिानेको सहकारीको बचत अपचलनमा संलग्नता नभेटिएको बताएका हुन् ।
उनले भने, ‘सहकारी प्रकरणमा रवि लामिछानेलाई लगाइएको आरोपमा तथ्य छैन भन्दा पनि समाचार लेख्न छोडिएन । संसद समेत अवरूद्ध गरियो । संसदीय छानबिन बनाइयो । समितिमार्फत राज्यको सबै संयन्त्र प्रयोग गरेर खोजी गर्दा पनि उहाँको संलग्नता भेटिएन, कागज र प्रमाण पुगेन भनिएको हो । तर, यसको अपव्याख्या गर्न थालिएको छ, पहिला काँक्रो चोरेको तँ होस् भनेर आरोप लगाइयो । तर, काँक्रो अरूले नै चोरेको रहेछ । ल्याइएको काँक्रो अरूले काटेपछि तैंले पनि एक टुक्रा खाइछस् भन्नु कत्ति न्यायोचित हो ? प्रचार चाहिँ यही रूपमा गराइँदैछ ।’
.gif)

.png)

