तराई–पहाड जोड्ने भीमदत्त राजमार्ग एकतर्फी खुल्यो, केआईसिंह राजमार्ग अझै ठप्प


२०८१ भदौ २९ शनिबार १२:०२ बजे

कैलाली । तराईका जिल्लाबाट सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएको छ । राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुदूरपश्चिमका अनुसार पहिरोले ठाँउ–ठाउँमा अवरुद्ध भएको राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएको हो ।

राजमार्गको कैलाली खण्डमा कैलालीको फल्टुडे, भासु भीर, खानीडाँडालगायतका क्षेत्रमा पहिरो गएको थियो । यता डडेल्धुरा खण्डमा पनि राजमार्ग एकतर्फी रूपमा सुचारु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । डडेल्धुरा खण्डमा साहुखर्क, मेलखर्कलगायत क्षेत्रमा पहिरो गएको थियो ।

यस्तै डडेल्धुराबाट डोटी जोड्ने केआईसिंह राजमार्ग भने अहिले पनि पूर्ण रूपमा बन्द रहेको प्रहरीले जानकारी दिएको छ । राजमार्गको रडुवामा पहिरो खसेको छ । यस्तै डोटीको बुडरदेखि जोगबुढा जोड्ने सडक पनि पूर्ण रूपमा बन्द छ । आलिताल गाउँपालिकाको सुनखोलामा पहिरो गएपछि सडक अवरुद्ध भएको हो ।

यस्तै डडेल्धुराबाट बझाङ र बैतडी जोड्ने सडक भने एकतर्फी रूपमा सुचारु भएको छ । बुधबार रातिदेखि सुरु भएको वर्षा शुक्रबार दिउँसोदेखि भने धेरै स्थानमा रोकिएको छ । वर्षा रोकिएपछि तराईका जिल्लामा बाढीको जोखिम पनि घटेको छ । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार सबै नदीको बहाव पनि घटेको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७