मेयर साम्पाङले मागे प्रमुख प्रशासकीय अधिकृतसँग स्पष्टीकरण


१३:२८ बजे

काठमाडौँ । श्रमदानको भुक्तानी विवादले बजेट ल्याउन नसकेको धरान उपमहानगरपालिकामा प्रमुख र प्रशासकीय अधिकृतबीच विवाद झनै चुलिएको छ । योजना भुक्तानीको विषयलाई लिएर नगर प्रमुख हर्क साम्पाङ र अधिकृत अम्बिकाप्रसाद चौलागाईँबीचको विवाद स्पष्टीकरण माग्ने स्तरसम्म पुगेको हो । साम्पाङले दुई महिनाअघि सम्पन्न भइसकेको योजनाका भुक्तानी रोकिनुको कारण मागेका छन् । 

यही असार २ गते धरान– १६ स्थित बहुभाषिक पाठशालालाई बाढीबाट जोगाउन सर्दुखोलामा लगाइएको तारजाली विवादले महानगरमा तनाव सिर्जना भएको थियो । शुरुमा श्रमदान भनिएको योजनामा केही सीमित व्यक्तिको डोरहाजिर गराएर मेयरले भुक्तानी मागेको भन्दै विवाद भएको थियो । यो भुक्तानी अहिलेसम्म पनि रोकिएको छ ।

त्यसै विषयमा मेयर साम्पाङले लिखित स्पष्टीकरण मागेका हुन् । मेयर साम्पाङले पत्रमा आफूले सम्झौता गरी सबै प्रक्रिया पूरा भइसकेको र सार्वजनिक परीक्षण समेत भइसकेको अवस्थामा भुक्तानी रोकिएकोमा आपत्ति जनाएका छन्। नगर प्रमुख साम्पाङ, उपप्रमुख आइन्द्रविक्रम बेघा र प्रशासकीय अधिकृतबीचको विवादले महानगरले आगामी वर्षको बजेट समेत ल्याउन सकेको छैन । ‘उपमेयरको पत्रकार सम्मेलनको जवाफ’ भन्दै साम्पाङले आज बिहानै प्रमुख प्रशासकीय अधिकृतलाई सोधिएको स्पष्टीकरणको पत्र फेसबुकमा सार्वजनिक गरेका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७