एसीसी यू–१६ इस्टजोन कप 

उपाधि भिडन्तमा सिंगापुरले टस जित्यो, नेपालले पहिले फिल्डिङ गर्दै


१२:५४ बजे

काठमाडौं । मलेसियामा जारी एसीसी यू–१६ इस्टजोन कप क्रिकेट प्रतियोगिताको फाइनल खेलमा सिंगापुरले टस जितेको छ । टस जित्दै सिंगापुर आफूले ब्याटिङ रोज्दै नेपाललाई फिल्डिङको निम्तो दिएको छ ।

बिहीबार सेमिफाइनलमा मलेसियालाई ९ विकेटले हराउँदै नेपालले फाइनल यात्रा तय गरेको थियो भने हङहङलाई हराउँदै सिंगापुरले नेपालसँग उपाधि भीडन्त पक्का गरेको थियो । नेपाल प्रतियोगितामा अपराजित रहँदै फाइनलमा पुगेको हो ।

सिंगापुर भने नेपालकै समूहबाट उपविजेता बन्दै सेमिफाइनलमा पुगेको थियो । समूह चरणमा नेपालसँग पराजित भएको सिंगापुरले बिहीबार हङहङलाई हराउँदै फाइनल खेल नेपालसँगै पक्का गरेको हो । नेपाल अघिल्लो संस्करणको उपाधि विजेता हो ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७