एसीसी इस्ट जोन कप : उपाधिका लागि आज नेपाल र सिंगापुर भिड्दै

काठमाडौं । एसीसी इस्ट जोन कपको फाइनलमा आज (शनिबार) नेपाल र सिंगापुरसँग भिड्दै छन् । बिहीबार सिंगापुरले हङकङलाई पराजित गरेपछि नेपालसँग फाइलमा भिडन्त तय भएको थियो । खेल बिहान पौने ८ बजे मलेसियाको बांगीस्थित वाईएसडी यूकेएम ओभल क्रिकेट रंगशालामा हुनेछ ।
समूह चरणमा सिंगापुर नेपालसँग पराजित भएको थियो । २२ जुनमा सम्पन्न खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले पराजित गरेको थियो । प्रतियोगितामा तेस्रो स्थानका लागि आजै खेल हुनेछ । तेस्रो स्थानका लागि थाइल्यान्ड र म्यानमार भिड्दै छन् । सो खेल क्वालालाम्पुरको सेनांगर टर्फ क्लबमा बिहान पौने ८ बजे नै सुरु हुनेछ ।